उदयपुरमा मामाको खुकुरी प्रहारबाट भाञ्जी गम्भीर घाइते, आरोपी पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–२ संगम टोलमा बिहीबार बिहान एक महिलामाथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट स्थानीय २९ वर्षीया सुमा राई गम्भीर घाइते भएकी छन् ।

प्रहरीका अनुसार बिहान करिब १०ः३० बजे स्थानीय रबिन्द्र पौडेलको घरको आँगनमा सोही स्थान बस्ने ४३ वर्षीय बिनोद राईले सुमा राईमाथि खुकुरी प्रहार गरेका हुन् । बिनोद राई पीडितका मामा नाता पर्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी निरीक्षक विष्णुबहादुर खड्काको नेतृत्वमा १० जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

प्रहरीका अनुसार खुकुरी प्रहारबाट सुमा राईको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । उनलाई तत्काल जिल्ला अस्पताल उदयपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बिहान ११ः५० बजे विराटनगरस्थित न्युरो अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न बिनोद राईलाई प्रहरीले तत्काल नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।