ट्राफिक चाप र प्रदूषण बढेपछि देशभर नयाँ सार्वजनिक सवारी दर्तामा रोक

काठमाडौं, ०८ जेठ । देशभर सार्वजनिक सवारी साधनको संख्या तीव्र रूपमा बढ्दै जाँदा सडक व्यवस्थापन चुनौतीपूर्ण बनेपछि सरकारले नयाँ दर्तामाथि कडाइ गरेको छ। ट्राफिक जाम, वायु प्रदूषण र अव्यवस्थित यातायात सञ्चालन नियन्त्रण गर्ने उद्देश्यसहित अब नयाँ सार्वजनिक सवारी साधन दर्ता अस्थायी रूपमा बन्द गरिएको हो।

यातायात व्यवस्था विभागले बिहीबार सातै प्रदेशका मन्त्रालय र स्थानीय तहलाई परिपत्र जारी गर्दै अर्को सूचना जारी नभएसम्म सार्वजनिक सवारी साधन दर्ता नगर्न निर्देशन दिएको जनाएको छ। यो निर्णय विद्युतीय सार्वजनिक सवारी साधनमा समेत लागू हुने विभागले स्पष्ट पारेको छ।

विभागका अनुसार सार्वजनिक यातायात प्रणाली प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा सडकमा सवारी चाप अत्यधिक बढेको छ। इन्धनको मूल्यवृद्धि, कमजोर यातायात व्यवस्थापन तथा असहज सडक अवस्थाले यात्रु र यातायात व्यवसायी दुवै प्रभावित भइरहेका छन्।

‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को दफा २४ उपदफा (३) अनुसार सार्वजनिक हितका लागि आवश्यक ठहरिएमा सवारी दर्ता रोक्न सकिने व्यवस्था रहेको विभागले जनाएको छ। सोही कानुनी आधारमा नयाँ दर्ता प्रक्रिया रोकिएको हो।

सरकारले सार्वजनिक यातायातलाई सुरक्षित, व्यवस्थित र वातावरणमैत्री बनाउने लक्ष्यसहित यो निर्णय कार्यान्वयन गरिएको उल्लेख गरेको छ। अर्को निर्णय नभएसम्म देशभर नयाँ सार्वजनिक सवारी दर्ता प्रक्रिया बन्द रहनेछ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।