जेठ १४ देखि लगातार ४ दिन सार्वजनिक बिदा

काठमाडौ । सरकारले यही जेठ १४ गते बकर ईद (ईद–उल–अज्हा) का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरूको बकर ईदका दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेकाले जेठ १४ गते देशभर सार्वजनिक बिदा हुनेछ।

यससँगै जेठ १५ गते पर्ने गणतन्त्र दिवसको सार्वजनिक बिदा यसअघि नै तय भइसकेको छ। त्यसपछि जेठ १६ गते शनिबार र जेठ १७ गते आइतबार नियमित सार्वजनिक बिदा परेकाले लगातार चार दिनको छुट्टी परेको हो।

यसरी जेठ १४ देखि १७ गतेसम्म सरकारी कार्यालय, अधिकांश सार्वजनिक निकाय तथा शैक्षिक संस्था बन्द रहनेछन्। लगातारको बिदाले सर्वसाधारणलाई लामो विश्रामको अवसर मिल्ने भएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।