पाँचथरमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

पाँचथर । पाँचथरमा शुक्रबार बिहान भएको जिप दुर्घटनामा चालकको मृत्यु भएको छ।

याङवरक गाउँपालिका–६ अर्चले क्षेत्रमा प्रदेश ०१–००२ च १५६९ नम्बरको सिङ्गल क्याप पिकअप जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

दुर्घटनामा झापाको बाहदशी गाउँपालिका–५ निवासी ३५ वर्षीय गोपाल भट्टराईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक भट्टराई उक्त जिपका चालक हुन्।

पाँचथरका प्रहरी नायव उपरीक्षक अनिषकुमार कर्णका अनुसार जिपमा चालकसहित दुई जना सवार थिए। ओरालो सडकमा एक यात्रु पिसाब फेर्न ओर्लिएलगत्तै जिप अचानक आफैं गुडेर भिरबाट खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

दुर्घटनापछि चालक भट्टराईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमका लागि पाँचथर जिल्ला अस्पताल पठाइएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।