सुनसरीको धरानमा बोतल प्रहारबाट गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–१५ बगरकोट क्षेत्रमा भएको झै–झगडामा बोतल प्रहारबाट गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा धरान–१५ निवासी ४९ वर्षीया सरु नेम्वाङ रहेको प्रहरीले जनाएको छ। उनी गत वैशाख २८ गते साँझ भएको विवादका क्रममा बोतल प्रहारबाट गम्भीर घाइते भएकी थिइन्। उपचारकै क्रममा गएराति उनको मृत्यु भएको हो।

घटनामा संलग्न रहेको आरोपमा धरान–१५ कै ३८ वर्षीय अशोक लिम्बू र ३३ वर्षीय बुद्धवीर लिम्बूलाई प्रहरीले पक्राउ गरेको छ।

दुवैलाई इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।