देशकै ठूलो कपडा कारखाना फेरि सञ्चालन गर्ने सरकारको तयारी
काठमाडौ । विगत २६ वर्षदेखि बन्द रहेको देशकै ठूलो हेटौँडा कपडा उद्योगलाई सरकारले नयाँ व्यवस्थापनका साथ फेरि सञ्चालन गर्ने तयारी अघि बढाएको छ।
लामो समय बन्द हुँदा उद्योगका संरचनाहरू जीर्ण बनेकाले अहिले आवश्यक सुधार र मर्मतको काम थालिएको हो।
२०३२ सालमा स्थापना भई २०३५ देखि उत्पादन सुरु गरेको यस उद्योगले १,२०० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको थियो भने यहाँको कपडा नेपाली सेनाले समेत प्रयोग गर्थ्यो। तर, राजनीतिक हस्तक्षेप र कमजोर व्यवस्थापनले घाटा लागेपछि २०५७ सालमा उद्योग बन्द भएको थियो।
अहिले सरकारले यसलाई नयाँ शैलीमा सञ्चालन गर्न लागेपछि स्वदेशी उत्पादन जोगिने आशा पलाएको छ।


