मोरङको सुन्दरहरैचामा गएराति आएको हावाहुरीका कारण बरको रुख ढलेर ट्याक्टरलाई किच्दा तीन जना घाइते
मोरङ । मोरङको सुन्दरहरैचा–१ लक्ष्मीपुरमा गएराति आएको हावाहुरीका कारण बरको रुख ढलेर ट्याक्टरलाई किच्दा तीन जना घाइते भएका छन्।
घाइते हुनेहरूमा सोही स्थानका आर्यन खवास, आदेश खवास र आलोक खवास रहेका छन्। उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।


