बागमतीमा नुहाउने क्रममा दुई युवक डुब्दा बेपत्ता

रौतहट, १० जेठ । चन्द्रपुर–१ स्थित बागमती नदीमा नुहाउने क्रममा दुई युवक डुबेर बेपत्ता भएका छन् ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार बेपत्ता हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–५ निवासी गणेश महतो र सोही पालिकाका रोहित महतो रहेका छन् । दुवैको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
 
प्रहरीका अनुसार ती युवकहरू महेन्द्र राजमार्गभन्दा करिब तीन किलोमिटर उत्तरतर्फ बागमती नदीमा नुहाउन गएका थिए । सोही क्रममा उनीहरू नदीमा डुबेका हुन् ।
 
घटना लगत्तै स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा खोजी कार्य सुरु गरिएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायब उपरीक्षक रूपा लावुङका अनुसार रौतहट र सर्लाहीका प्रहरी टोली संयुक्त रूपमा बेपत्ता युवकहरूको खोजीमा जुटेका छन् । 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।