रास्वपाद्वारा राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनको आन्तरिक तयारीलाई तीव्र पार्दै विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगको जेठ ६ गतेको निर्णयअनुसार महाधिवेशनका लागि आवश्यक साङ्गठनिक र निर्वाचनसम्बन्धी प्रक्रियाहरूको समयसीमा निर्धारण गरिएको हो। 

केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङद्वारा जारी परिपत्रअनुसार महाधिवेशनका लागि देशैभर सांगठनिक संरचना परिचालन गरिएको छ, जसअन्तर्गत ७७ वटै जिल्ला र सातै प्रदेशमा निर्वाचन समिति गठन गर्ने कार्यलाई प्राथमिकता दिइएको छ।

सार्वजनिक कार्यतालिकाअनुसार आगामी जेठ १५ गतेभित्र प्रदेश र जिल्ला समितिहरूले निर्वाचन समिति गठन गरिसक्नुपर्नेछ भने जेठ १० गतेभित्र त्यसको आधिकारिक परिपत्र र माइन्युटको प्रतिलिपि निर्वाचन कार्यालयमा बुझाइसक्नुपर्ने प्रावधान राखिएको छ। 

यस्तै, स्थानीय तथा जिल्ला अधिवेशनका प्रतिवेदनहरू जेठ २० गतेभित्र सङ्कलन गरिनेछ र महाधिवेशन प्रतिनिधिहरूको नामावली पेस गर्ने अन्तिम समय जेठ २५ गतेसम्म तोकिएको छ। जिल्ला सभापतिहरूले जेठ मसान्तभित्र जिल्ला अधिवेशन तथा निर्वाचन प्रतिवेदन अनिवार्य रूपमा पेस गर्नुपर्ने व्यवस्था समेत गरिएको छ।

यस पटकको महाधिवेशनलाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ रास्वपाले डिजिटल प्रणालीलाई प्राथमिकता दिने भएको छ। यसका लागि निर्वाचनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने तयारी गरिएको पार्टीले जनाएको छ। 

यससम्बन्धी प्राविधिक छलफल र प्रदेश अधिवेशनमा निर्वाचित पदाधिकारीहरूको विवरण पेस गर्ने कार्य आगामी असार ५ गतेभित्र सम्पन्न गरिने कार्यतालिकामा उल्लेख छ।

निर्वाचन आयोगले सबै प्रदेश सभापतिहरूलाई आफ्ना मातहतका जिल्ला सभापतिहरूसँग आवश्यक समन्वय गरी केन्द्रको कार्यतालिकाअनुसार तोकिएको समयभित्रै जिम्मेवारी पूरा गर्न निर्देशन दिएको छ। 

यस ऐतिहासिक महाधिवेशनको तयारीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन पार्टीले महामन्त्रीद्वय कविन्द्र बुर्लाकोटी र भूपदेव शाहका साथै सङ्गठन विभागका सचिव शंकर श्रेष्ठलाई बोधार्थ दिँदै आन्तरिक परिचालनलाई तीव्र बनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।