रूपनगर क्याम्पसमा न्यायाधीश र विद्यार्थीबीच कानूनी साक्षरता विषयमा अन्तर्क्रिया

सप्तरी । कानूनी साक्षरताका लागि ‘न्यायाधीश र विद्यार्थी अन्तर्क्रिया’ विषयमा आज एक अन्तर्क्रिया आयोजन गरिएको छ।

सप्तरीको रूपनगर नन्दराज संग्रौला क्याम्पसमा आयोजित कार्यक्रममा सप्तरी जिल्ला अदालतका मुख्य न्यायाधीश किशोर घिमिरेले अदालतको काम गर्ने प्रक्रिया, विपन्नलाई निशुल्क न्याय सेवाको उपलब्धता लगायत विषयमा जानकारी दिए।

सोही अदालतका श्रेस्तादार श्यामहरि अधिकारीले अदालतले दिने न्याय, त्यसका प्रक्रिया, विभिन्न निकाय र संस्था तथा नागरिकको भूमिका आदि विषयमा कार्यपत्र प्रस्तुत गरे।

सप्तरी जिल्ला अदालतका न्यायाधीशहरू मोहन बहादुर अधिकारी, दीपक धिताल, बाबुराम भट्टराई, गोकुल पन्त र महेन्द्र प्रसाद पौडेलको समेत सो कार्यक्रममा उपस्थिति थियो। विद्यार्थी, अभिभावक र अन्य सहभागीले अदालती प्रक्रिया, न्यायमा ढिलाइ, नागरिकले पाइराखेको सास्ती, युवा वर्गको भूमिका लगायत विषयमा न्यायाधीशहरूलाई प्रश्न गरेका थिए। मुख्य न्यायाधीश घिमिरेले ती प्रश्नहरूको जवाफ दिए।

रूपनगर नन्दराज संग्रौला क्याम्पसका विद्यार्थी, अभिभावक, शिक्षक, अधिवक्ता, राजनीतिज्ञ, समाजसेवी, पत्रकार लगायतको उपस्थिति तथा छलफलमा सक्रिय सहभागिता रहेको कार्यक्रम सञ्चालन नरबहादुर खड्काले गरेका थिए।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।