एमालेले सरकारका गलत क्रियाकलाप विरुद्ध भण्डाफोर अभियान चलाउने

काठमाडौं । नेकपा (एमाले)ले सरकारका गलत क्रियाकलापविरुद्ध विरोध र भण्डाफोर अभियान सञ्चालन गर्ने भएको छ । आइतबार बसेको पार्टी सचिवालय बैठकले सरकार स्वेच्छाचारी ढंगले अगाडि बढेको निष्कर्ष निकाल्दै सदन र सडकमा विरोध र भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

पार्टी उपमहासचिव लेखराज भट्टले सरकारका स्वेच्छाचारी क्रियाकलापका विरुद्ध आवश्यकताअनुसार सदन र सडकमा विरोध तथा भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए ।

बैठकले सरकार लोकतन्त्रको बाटोबाट विचलित हुँदै स्वेच्छाचारी र अधिनायकवादी बाटोतर्फ अग्रसर हुँदै गइरहेको निष्कर्षसमेत निकालेको छ । एमालेले पछिल्लो समय मुलुकमा बढ्दै गएको महंगी र अध्यादेशको समेत भत्र्सना गरेको छ ।

त्यस्तै, सचिवालय बैठकले पार्टी पुनर्गठन र निर्वाचनको समीक्षालगायतका विषयमा अध्ययन गर्न कार्यदल गठन गरेको छ । तीन दिनदेखि जारी सचिवालय बैठकले पार्टीका उपाध्यक्ष रामबहादुर थापा बादलको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।

कार्यदलमा उपाध्यक्ष विष्णु पौडेल, पृथ्बीसुब्बा गुरुङ, शंकर पोखरेल, लेखराज भट्ट, छविलाल विश्वकर्मा र सात वटै प्रदेशका इन्चार्ज सहभागी छन् । कार्यदललाई पार्टीको समग्र समीक्षा प्रतिवेदन बुझाउन एक महिनाको समय सीमा तोकिएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।