झापाको मझुवामा रुखबाट खसेर एक जनाको मृत्यु
झापा । झापाको बुद्धशान्ति गाउँपालिका–१ मझुवामा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बुद्धशान्ति–१ निवासी ५५ वर्षीय मैतबहादुर लिम्बू रहेका छन् । प्रहरीका अनुसार लिम्बू आइतबार दिउँसो करिब १ः३० बजे घाँस झार्ने क्रममा कुटमिरोको रुखबाट खसेर गम्भीर घाइते भएका थिए ।
घाइते लिम्बूलाई तत्काल उद्धार गरी उपचारका लागि बी एन्ड सी अस्पताल लगिएको थियो । उपचारकै क्रममा अपराह्न करिब ४ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


