पत्रकार महासंघद्वारा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सामाजिक अपराधजन्य हर्कतको भर्त्सना

काठमाडौं । नेपाल पत्रकार महासंघ ले बाजुराको रानीसैनमा समाचार संकलनका क्रममा पत्रकारमाथि भएको दुर्व्यवहार, सञ्चार सामग्री तोडफोड तथा धम्कीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघद्वारा जारी विज्ञप्तिअनुसार जेठ ३ गते घटनास्थलमा पुगेका पत्रकार उमेशबहादुर शाहीको ड्रोन क्यामरा नियन्त्रणमा लिएर तोडफोड गरिएको थियो । साथै पत्रकार जनक बोहरा, अनिल शाही र जीतजंग कटेललाई तीन दिनसम्म सम्पर्कविहीन बनाइएको तथा उनीहरूले खिचेको भिडियोसमेत मेटाउन लगाइएको महासंघ बाजुरा शाखाले जनाएको छ । उनीहरू जेठ ६ गते शाखाको सम्पर्कमा आएका थिए ।

त्यसैगरी पत्रकार प्रकाशबहादुर सिंह, उमेशबहादुर शाही र जीतजंग कटेललाई सामाजिक सञ्जालमार्फत गालीगलौज तथा ज्यान मार्ने धम्कीसमेत दिइएको उल्लेख गरिएको छ ।

महासंघले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सामाजिक अपराधजन्य यस्ता गतिविधिको कडा भर्त्सना गर्दै घटनाको निष्पक्ष छानबिन गरी संलग्न दोषीमाथि तत्काल कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।

महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा पत्रकारको सुरक्षाको प्रत्याभूति गर्नसमेत आग्रह गरिएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।