४ मोटरसाईकल सहित ९ लाखको अवैध भारतीय धानको बीउ बरामद

सञ्जय मिश्रा/रौतहट, ११ जेठ। रौतहटस्थित सशस्त्र प्रहरी बल नम्बर ११ हेक्वाको गस्ती टोलीले ठूलो परिमाणमा अवैध भारतीय धानको बीउसहित ४ थान मोटरसाइकल बरामद गरेको छ।

 

आइतबार राति करिब साढे १० बजे परोहा नगरपालिका–७ नरकटिया स्थित सोना इट्टा उद्योग पछाडिको खेत क्षेत्रमा अवैध रूपमा भन्सार छलि लुकाइछिपाइ राखिएको धानको बीउ बरामद गरेको हो।

 

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं। ११ गण हे।क्वा। रौतहटबाट खटिएको टोलीले उक्त सामग्री बरामद गरेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी रामहरी अधिकारीले बताएका छन्।

 

एसपी अधिकारीका अनुसार ४ वटा मोटरसाइकलमा लोड गरिएको तथा खेतमा थुपारेर राखिएको कुल ५२ बोरा ९१७४५ केजी० धानको बीउ फेला परेको थियो।

 

बरामद गरिएको धानको बीउ र मोटरसाइकलको कुल मूल्य  ९ लाख ३ हजार ५ सय कायम गरी आवश्यक कारवाहीका लागि आज सोमवार गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।