उदयपुरमा गुडिरहेको स्कुल बसबाट खस्दा सह–चालकको मृत्यु
उदयपुर । उदयपुरको कटारी नगरपालिका–२ गिद्वबरस्थित भित्री सडकखण्डमा गुडिरहेको स्कुल बसबाट खस्दा एक सह–चालकको मृत्यु भएको छ।
सौगात एकेडेमी बोर्डिङ स्कुलको लु.प्र.०१–००१ ख ०९८५ नम्बरको बस विद्यार्थी लिन बेलसोततर्फ जाँदै गरेको अवस्थामा सह–चालक अचानक बसबाट खसेका थिए।
दुर्घटनामा परी कटारी नगरपालिका–२ निवासी अन्दाजी ३१ वर्षीय उत्तम थापाको गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कटारी लगिएको भए पनि उपचारकै क्रममा बिहान ९ः५५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
घटनापछि बस र चालक ४८ वर्षीय छत्रबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।


