सुनसरी र उदयपुरबाट लागू औषध सहित ७ जना पक्राउ

विराटनगर, जेठ १२ गते । सुनसरी र उदयपुर जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट लागू औषध सहित ७ जनालाई पक्राउ गरिएको छ ।

सुनसरीको धरान उप-महानगरपालिका-२ भानु चोक स्थितबाट सोही स्थानका निश्चल लिम्बु र सुक्रराज तामाङको साथबाट प्रतिबन्धित औषधी ट्रामाडोल १२८ क्याप्सुल र स्पास १२८ ट्याब्लेट र प्रहरी चौकी भरोलले बराहक्षेत्र नगरपालिका-४ का फिर्ती चौधरी, रुद्र बहादुर थापा र भगत चौधरीलाई २ ग्राम ६९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

त्यसैगरी उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले बेलका नगरपालिका-४ का सन्देश मगर र पारश राईलाई २ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

पक्राउ परेको सबैजनाको थप अनुसन्धान भइ रहेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।