हावाहुरीको कहरः घर भत्किँदा महिलाको मृत्यु, विधुत संरचनामा ठूलो क्षति

सञ्जय मिश्रा/रौतहट, १२ जेठ । रौतहटमा गएराति आएको तीव्र हावाहुरीका कारण घर भत्किँदा एक महिलाको मृत्यु भएको छ भने विद्युत संरचनामा समेत ठूलो क्षति पुगेको छ ।

 

जिल्लाको वृन्दावन नगरपालिका–७ सखुअवा धमौरागढी टोल निवासी ३५ वर्षीया फुलकुमारी यादव आफ्नै घरमा रहेका बेला हावाहुरीका कारण घरको खावा ढलेर गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि गरुडास्थित बेटर अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

 

प्रहरीका अनुसार मृतक यादवको घर काठ र बाँसबाट बनाइएको थियो । शव पोस्टमार्टमपछि परिवारलाई दाहसंस्कारका लागि बुझाइने इलाका प्रहरी कार्यालय गरुडा ले जनाएको छ ।

 

उता, हावाहुरीका कारण रौतहटको जिगडिया पेट्रोल पम्पदेखि बिर्ता चौक आसपास क्षेत्रमा रहेको चपुर–गौर ३३ केभी विद्युत लाइनमा समेत ठूलो क्षति पुगेको छ । नेपाल विद्युत प्राधिकरण गौर वितरण केन्द्रले सार्वजनिक गरेको सूचनाअनुसार ३ वटा विद्युत पोल भाँचिएका छन् भने १० वटा पोलबाट तार झरेका छन् ।

 

प्राधिकरणले विद्युत लाइन मर्मतका लागि प्राविधिक कर्मचारीहरू फिल्डमा खटिसकेको जनाएको छ । क्षतिग्रस्त पोल तथा तार मर्मत सम्पन्न भएपछि मात्रै विद्युत सेवा पुनः सञ्चालन गरिने जानकारी दिइएको छ ।

 

हावाहुरीबाट विद्युत संरचनामा ठूलो क्षति पुगेकाले गौर तथा आसपासका क्षेत्रमा आज दिनभर पटक–पटक विद्युत अवरोध हुन सक्ने अनुमान गरिएको छ । विद्युत सेवा अवरुद्ध भएपछि स्थानीयवासी, व्यवसायी तथा सर्वसाधारणलाई दैनिक कामकाजमा समस्या भएको छ ।

 

प्राधिकरणले मर्मत कार्य तीव्र रूपमा भइरहेको जनाउँदै सेवाग्राहीलाई धैर्य गर्न आग्रह गरेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖