ओम कुमारी भुजेलको हत्या गरेको अभियोगमा पक्राउ
मकवानपुर। आफ्नै श्रीमती ४२ वर्षीया ओम कुमारी भुजेलको हत्या गरेको अभियोगमा हेटौंडा उपमहानगरपालिका-१ चौकीटोल तरकारी मण्डी डेरा गरी बस्ने मनहरी गाउँपालिका-३ घर भएका ४५ वर्षीय रामलाल ब्लोनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।
रामलाले कुटपिट गर्दा ओम कुमारी गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चौकीटोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
कुटपिटबाट गम्भीर घाइते भएकी ओम कुमारीको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


