मकालु हिमाल आरोहणका क्रममा पाँच महिनाअघि बेपत्ता भएका संखुवासभाका शेर्पा मृत अवस्थामा फेला
संखुवासभा । मकालु हिमाल आरोहणका क्रममा पाँच महिनाअघि बेपत्ता भएका संखुवासभाको मकालु गाउँपालिका–१ वालुङ निवासी अन्दाजी ४० वर्षीय फुर्वा वाङदेल शेर्पा मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी कुमार प्रसाद मैनाली का अनुसार शेर्पा गत पुस ९ गते भारतीय नागरिक पियाली बासाक लाई पर्यटक गाइडका रूपमा लिएर मकालु क्षेत्र प्रवेश गरेका थिए। माघ १ गते हिमाल आरोहण सम्पन्न गरी फर्किने क्रममा उनी लडेर बेपत्ता भएका थिए।
लामो समयसम्म खोजी कार्य जारी रहेपछि पाँच महिनापछि उनको शव फेला परेको प्रहरीले जनाएको छ।


