सुनसरीमा ब्राउन सुगर सहित दुई जना पक्राउ
सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकस्थित पूर्व–पश्चिम राजमार्गमा प्रहरीले चेकजाँचका क्रममा ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
मंगलबार साँझ ७:१५ बजे अस्थायी प्रहरी पोस्ट बसपार्क इनरुवा र जिल्ला प्रहरी कार्यलय सुनसरीबाट संयुक्त रूपमा खटिएको टोलीले पश्चिमबाट पूर्वतर्फ पैदल आउँदै गरेका इटहरी १?निवासी ३६ वर्षीया प्रगती खतिवडा र ३१ वर्षीय बिश्वराज राईलाई चेकजाँच गर्दा प्रगती खतिवडाको साथबाट १० ग्राम ब्राउन सुगर लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।
दुवैलाई लागूऔषधसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


