झापा, सुनसरी र ताप्लेजुङबाट लागू औषध सहित ५ जना पक्राउ
विराटनगर, जेठ १४ । झापा, सुनसरी र ताप्लेजुङ जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित ५ जनालाई पक्राउ गरिएको छ ।
झापाको मेचिनगर नगरपालिका–१० स्थितबाट इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले सोही स्थानका मनोज बराईलीलाई ३९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने सुनसरीको धरान उप-महानगरपालिका-१७ स्थितबाट इलाका प्रहरी कार्यालय धरानले सोही स्थानका निशान राईलाई प्रतिबन्धित औषधी ३०० क्याप्सुल र क्लोबिन १८० क्याप्सुल सहित र इलाका प्रहरी कार्यालय पकलीले रामधुनी नगरपालिका-६ का राजु कटवाललाई प्रतिबन्धीत औषधी ट्रामोल ८२४ क्यापसुल, डिकोलिक ८४९ ट्याब्लेट र नगद १ लाख २२ हजार ३९० रुपैया सहित पक्राउ गरेको छ ।
त्यसैगरी ताप्लेजुङको फुङलिङ नगरपालिका-२ स्थितबाट जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ र प्रहरी चौकी भानुबाट खटिएको प्रहरी टोलीले सोहि स्थानका फुपु सेदाप शेर्पा र सुनसरी जिल्ला धरान-६ का विकेश लिम्बुलाई प्रतिबन्धीत औषधी ट्रामोल-५० क्याप्सुल, क्लारियो- ५० चक्की सहित पक्राउ गरेको छ ।
पक्राउ परेको सबैजनाको थप अनुसन्धान भई रहेको छ ।


