सप्तकोशी किनारमा मृत भेटिए केराबारीका अशोक सापकोटा

मोरङ । मोरङको केराबारी गाउँपालिका–९ देवीझोडाका ५४ वर्षीय अशोक सापकोटा सप्तकोशी किनारमा मृत अवस्थामा फेला परेका छन्।

जेठ ९ गतेदेखि हराइरहेका सापकोटाको खोजी गर्ने क्रममा उनी केराबारीबाट पश्चिमतर्फ गएको सूचना प्राप्त भएको थियो। त्यसपछि खोजीलाई तीव्र बनाइएको प्रहरीले जनाएको छ।

स्थानीयका अनुसार बराहक्षेत्र तल रहेको झोलुङ्गे पुलबाट हुलिया मिल्ने एक व्यक्ति सप्तकोशीमा हाम फालेको देखिएको थियो। सोही आधारमा गरिएको खोजीका क्रममा सुनसरीको बोराबाँध क्षेत्रमा पानीले सडेर क्षतविक्षत अवस्थामा बिहीबार शव फेला परेको हो।

प्रहरीले शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा क्याम्पस) मा राखिएको जनाएको छ।

सापकोटा सामुदायिक वन तथा वातावरण संरक्षण अभियानमा सक्रिय रहँदै विभिन्न सामाजिक संघसंस्थामा आबद्ध थिए। केही समयदेखि ढाडको समस्याका कारण उनी थेरापीमार्फत उपचाररत रहेको बताइएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।