एसपी रिजालको ‘क्लिन स्वीप’ अभियानः दुई सातामै ८१ फरार प्रतिवादी पक्राउ

सञ्जय मिश्रा/रौतहट, १५ जेठ । जिल्लाभित्र विभिन्न आपराधिक गतिविधिमा संलग्न भई लामो समयदेखि फरार रहेका प्रतिवादीहरूलाई कानुनी दायरामा ल्याउन जिल्ला प्रहरी कार्यालय रौतहटले सञ्चालन गरेको विशेष अभियान प्रभावकारी देखिएको छ । जिल्ला प्रहरी प्रमुख एसपी सिताराम रिजाल को निर्देशनमा चलाइएको अभियानअन्तर्गत पछिल्लो दुई सातामै ८१ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

हिजो बिहीवार जिल्ला प्रहरी तथा मातहतका युनिटले ६ जना फरार प्रतिवादीलाई जिल्लाको बिभिन्न स्थानबाट पक्राउ गरेको थियो। पक्राउ पर्नेहरुमा लागूऔषध मुद्दाका देवाही गोनाही नगरपालिका–७ का बिरेन्द्र राम, फतुवा विजयपुर नगरपालिका–४ का रामाप्रवेश महतो, बहुविवाह मुद्दाका यमुनामाई गाउँपालिका–४ का मुन्ना राय भाँट, लेनदेन बिगो मुद्दाका देवाही गोनाही–७ का राम एकवाल बैठा, चेक अनादर मुद्दाका फतुवा विजयपुर–११ का दयानन्द चौधरी तथा बैंकिङ कसुर मुद्दाका चन्द्रपुर–८ का महेश चौधरी रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी बसन्त गौतमले बताएका छन्।

प्रवक्ता डीएसपी गौतमका अनुसार यस अघी जेठ १ गतेदेखि १३ गतेसम्म जिल्लाका विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका अदालतबाट दोषी ठहर भएका ७५ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको हो ।

प्रहरीले जिल्लाभर सञ्चालन गरेको सुराकी तथा विशेष अपरेसनका क्रममा चेक अनादर, कुटपिट, लुटपाट, लागूऔषध, बहुविवाह, लेनदेन बिगो, बैंकिङ कसुर, कर्तव्य ज्यान, चोरी, हातहतियार तथा बालबालिका बेचबिखनजस्ता गम्भीर मुद्दाका फरार अभियुक्तहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।

डीएसपी गौतमका अनुसार पक्राउ परेकामध्ये एक जना बालबालिका बेचबिखन मुद्दाका मुख्य प्रतिवादी समेत रहेका छन् । पक्राउ पर्ने अधिकांश प्रतिवादी भने पछिल्लो समय तीव्र रूपमा बढिरहेको वित्तीय अपराध अन्तर्गतको चेक अनादर मुद्दासँग सम्बन्धित रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विशेष अभियानमार्फत पक्राउ गरिएका ८१ जना प्रतिवादीबाट अदालतले फैसला गरेको ५ वर्ष २९ दिन कैद सजाय कार्यान्वयन गर्नुका साथै १ लाख २२ हजार २ सय रुपैयाँ जरिवाना समेत असुलउपर गरिएको छ ।

पक्राउ परेका सबै प्रतिवादीहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी रौतहट जिल्ला अदालत मा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रहरीले समाजमा बढ्दो दण्डहीनताको अन्त्य गर्दै अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन अभियानलाई अझ तीव्र बनाइने जनाएको छ । डीएसपी गौतमले जिल्लाका अन्य स्थानमा लुकिछिपी बसेका फरार प्रतिवादीहरूको सूची तयार गरी निगरानी तथा खोजी कार्यलाई समेत तीव्र बनाइएको उल्लेख गर्दै अपराधीहरू कानुनी फन्दाबाट उम्किन नसक्ने स्पष्ट पारेका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।