मोरङको सुन्दरहरैँचामा एकै दिन श्रीमान्–श्रीमतीको निधन
मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–११, कर्जुनामा एकै दिन श्रीमान्–श्रीमतीको निधन भएको घटनाले गाउँ नै शोकमग्न बनेको छ।
स्थानीय ६५ वर्षीय नन्दलाल कार्की र उनकी श्रीमती बिमला कार्कीको जेठ १५ गते निधन भएको परिवार स्रोतले जनाएको छ।
परिवारका अनुसार नन्दलाल कार्की जेठ १४ गते अचानक बिरामी भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। सोही दिन बेलुका खाना खाएर सुतेकी उनकी श्रीमती बिमला कार्की जेठ १५ गते बिहान आफ्नै ओछ्यानमा मृत अवस्थामा फेला परेकी थिइन्।
श्रीमतीको निधन भएको केही घण्टापछि उपचाररत नन्दलाल कार्कीको पनि जेठ १५ गते राति करिब १० बजे निधन भए


