मोरङको बेलबारीमा मोटरसाइकल चोरीमा संलग्न दुई युवा पक्राउ

मोरङ, जेठ १६ । मोरङको बेलबारी नगरपालिका–५ स्थित मित्री सडक खण्डबाट चोरीको मोटरसाइकलसहित दुई जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार जेठ १६ गते दिउँसो करिब १:०० बजे शंकास्पद अवस्थामा रोकिराखिएको कालो–रातो रंगको पल्सर मोटरसाइकलमाथि इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले जाँच तथा अनुसन्धान गरेको थियो।

प्रहरीको अनुसन्धानका क्रममा उक्त मोटरसाइकल इटहरी क्षेत्रबाट चोरी गरी ल्याइएको खुल्न आएको प्रहरीले जनाएको छ। त्यसपछि मोटरसाइकलसहित चालक मोरङको बेलबारी नगरपालिका–३ बस्ने २१ वर्षीय सुरज विक र मोटरसाइकलको पछाडि सवार २१ वर्षीय अनिश परियार लाई नियन्त्रणमा लिइएको हो।

दुवै जनामाथि इलाका प्रहरी कार्यालय बेलबारीमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।