नौवस्ता कारगारभित्र अवैध कारोबार, सदैव झडप
नेपालगञ्ज, १६ जेठ । बाँकेको नौवस्ता कारागामा कैदीबन्दीहरुबीच कुटपिट भएको छ ।
पटक–पटक विवाद भईरहने उक्त कारागारमा कैदी ओमप्रकाश अवस्थी माथि दिपक केसी,राहुल थापा, चुडामणी ओली, विशाल बस्नेत, हिमाल डाँगी, प्रकाश विक, दिपेश सोनाम र हरि थापा लगाएतका समुहले आक्रमण गरे पछी झडपको अवस्था आएको बुझिएको छ।
कारागार भित्र जुवातास खेल्ने, लागु औषध कारोबार सञ्चालन गर्ने र मदिराजन्य वस्तुको विक्रीबाट मोटो रकम असुल्ने विषयमा विवाद भई रहन्छ। बाँकेको नौवस्ता कारागार भित्रको यो घट्नाले अन्य कैदी बन्दीहरु त्रासमा बस्नुपर्ने अवस्था रहेको छ ।


