झापाको दमकस्थित रतुवा खोलामा बोराभित्र बाँधिएको शव दमककी २१ वर्षीया युवतीको भएको पुष्टि

झापा, जेठ १७ – झापाको दमकस्थित रतुवा खोलामा बोराभित्र बाँधिएको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृतक दमक नगरपालिका–८ बसन्तटोल निवासी २१ वर्षीया रमा (रोमा) तिवारी रहेको पुष्टि भएको हो।

आइतबार मृतकका बुवा नारायण तिवारी र आमा मुना तिवारीले शव सनाखत गरेपछि युवतीको पहिचान खुलेको प्रहरीले जनाएको छ।

यसअघि दमकको सेतुमारी पुल नजिक रतुवा खोलामा बोराभित्र बाँधिएको अवस्थामा एक युवतीको शव फेला परेको थियो। शव फेला परेको अवस्था रहस्यमय देखिएपछि घटनाले स्थानीय क्षेत्रमा चासो र त्रास उत्पन्न गरेको छ।

प्रारम्भिक अनुसन्धानअनुसार तिवारी जेठ १३ गते राति करिब ९ः३० बजे घरबाट निस्किएकी थिइन्। त्यसयता उनी परिवारको सम्पर्कमा नआएको बताइएको छ।

शव बोराभित्र बाँधिएको अवस्थामा खोलामा भेटिएकाले हत्या भएको हुन सक्ने आशंकामा प्रहरीले घटनाको अनुसन्धान तीव्र बनाएको छ। घटनास्थलबाट आवश्यक प्रमाण संकलन गरिएको र सम्भावित संलग्न व्यक्तिको खोजी तथा पहिचानका लागि विभिन्न कोणबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीले अनुसन्धान जारी रहेकाले घटनाबारे थप विवरण अनुसन्धान पूरा भएपछि सार्वजनिक गरिने जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।