दमकमा मृत अवस्थामा फेला परेकी युवतीको पहिचान खुल्यो
झापा । झापाको दमक–१० स्थित सेतुमारी पुलमुनि मृत अवस्थामा फेला परेकी युवतीको पहिचान खुलेको छ। प्रहरीका अनुसार मृतक दमक नगरपालिका–८ बसन्त टोल निवासी नारायण तिवारीकी २१ वर्षीया छोरी रोमा भन्ने रमा तिवारी रहेकी छन्।
मृतकका बुवा नारायण तिवारी र आमा मुना तिवारीले शवको सनाखत गर्दै रमा तिवारी भएको पुष्टि गरेका हुन्।
प्रारम्भिक अनुसन्धानबाट रमा तिवारी जेठ १३ गते राति करिब ९:३० बजे घरबाट निस्किएकी र त्यसपछि सम्पर्कविहीन बनेको खुलेको प्रहरीले जनाएको छ।
उनको शव दमक–१० स्थित सेतुमारी पुलमुनि फेला परेको थियो। घटनाको कारण र मृत्युको प्रकृतिबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


