झापा र सुनसरीबाट लागू औषध सहित ६ जना पक्राउ

विराटनगर, जेठ १७ गते । झापा र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट जेठ १७ गते लागू औषध सहित ६ जनालाई पक्राउ गरेको छ ।

झापाको मेचीनगर नगरपालिका-६ मेचीडाँडा स्थितबाट लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले काठमाण्डौका ३२ वर्षीय रोशन कार्कीलाई ४८ ग्राम ६० मिलिग्राम ब्राउन सुगर सहित, मेचीनगर नगरपालिका-१४ लालपानीका ३२ वर्षीय विश्वनाथ राजवंशीलाई २ ग्राम २५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

त्यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका-५ स्थितबाट प्रहरी चौकी भरोल सुनसरीले भारत अररियाका २० वर्षीय दयानन्द यादवलाई प्रतिबन्धित लागू औषध ट्रामाडोल-१ हजार ६९० क्याप्सुल, नगद २७ हजार ५ सय सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय इटहरीले २९ वर्षीय अभिषेक चौधरीलाई १ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यस्तै जिल्ला प्रहरी कार्यालय सुनसरीले रामधुनी नगरपालिका-३ का रुपेश चौधरीलाई ५ ग्राम ५५० मिलिग्राम ब्राउन सुगर सहित इनरुवा -३ स्थितबाट पक्राउ गरेको छ भने इटहरी उप-महानगरपालिका-११ सिमरवनाका २० वर्षीय अभिषेक श्रेष्ठलाई ट्रामाडोल-९८० क्याप्सुल, डिसाइक्लोमाइन -१ हजार १८० ट्याब्लेट, सहित प्रहरी चौकी खनारले पक्राउ गरेको छ ।

पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।