जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय उर्लाबारीको हिरासतबाट फरार युवती ९ महिनापछि पक्राउ

मोरङ । जिल्ला मोरङस्थित इलाका प्रहरी कार्यालय उर्लाबारीको हिरासत कक्षबाट फरार भएकी एक युवतीलाई प्रहरीले ९ महिनापछि पक्राउ गरेको छ।

पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–४ विशालटोल निवासी २२ वर्षीया एन्जिला दाहाल रहेकी छन्। लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धानका लागि हिरासतमा राखिएकी दाहाल गत वर्ष भदौ २४ गते हिरासतबाट फरार भएकी थिइन्।

प्रहरीका अनुसार दाहाल जेन्जी आन्दोलनका क्रममा सिर्जना भएको भीडभाड र असहज परिस्थितिको फाइदा उठाउँदै हिरासत कक्षबाट भाग्न सफल भएकी थिइन्। त्यसयता उनको खोजी कार्य जारी राखिएको थियो।

लामो समयको खोजीपछि प्रहरीले उनलाई पुनः नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेकी दाहालमाथि लागूऔषध मुद्दासहित हिरासतबाट फरार भएको विषयमा समेत आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।