रामपुरमा हराएकी अस्मिता सारू मृत फेला
पाल्पा । पाल्पाको रामपुर नगरपालिका–८ निवासी अस्मिता सारू मृत अवस्थामा फेला परेकी छन्।
जेठ १७ गते राति करिब ११ बजेदेखि सम्पर्कविहीन भएकी सारू रामपुर–८ स्थित खैरेनी सामुदायिक वन नजिक कालीगण्डकी नदी किनारमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
यसअघि उनले प्रयोग गर्ने मोबाइल फोन रामपुर–८ र चापाकोट जोड्ने कालीगण्डकीस्थित निर्दिमको झोलुङ्गे पुलमा फेला परेको थियो। मोबाइल फेला परेपछि प्रहरीले खोजी कार्य तीव्र बनाएको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


