१० वर्ष कैद सजाय तोकिएका संखुवासभाका फरार प्रतिवादी मोरङको सुन्दरहरैँचाबाट पक्राउ

संखुवासभा, जेठ २० – जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार संखुवासभा जिल्ला अदालतको आदेशअनुसार १० वर्ष कैद सजाय भई फरार रहेका पाँचखपन नगरपालिका–५ का ५६ वर्षीय दुर्ण प्रसाद पोखरेललाई पक्राउ गरिएको हो।

प्रहरीले फरार प्रतिवादीको खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय रानीगञ्ज, मोरङबाट खटिएको टोलीले उनलाई जेठ १९ गते मोरङको सुन्दरहरैँचा नगरपालिका–७ बाट पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका पोखरेललाई फैसला कार्यान्वयनका लागि बुधबार संखुवासभा जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।