सङ्खुवासभामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
सङ्खुवासभा । सङ्खुवासभामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पाँचखपन नगरपालिका–३ निवासी ३० वर्षीय अरुण राई रहेका छन्। उनलाई बुधबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार राईले ती बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
प्रहरीले राईविरुद्ध जबरजस्ती करणी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको जनाएको छ।


