देशका विभिन्न राजमार्गमा अवरोध, तीन सडक पूर्ण रूपमा बन्द

काठमाडौं । देशका विभिन्न जिल्लामा आएको बाढी तथा पहिरोका कारण प्रमुख राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीद्वारा सार्वजनिक गरिएको आज बिहान ८ बजेसम्मको विवरणअनुसार तीन स्थानका सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने दुई स्थानमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ देउराली देवीस्थानस्थित सतुंगल–चित्लाङ सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। मर्मत कार्य सम्पन्न हुन करिब एक महिना लाग्ने भएकाले उक्त सडक बन्द रहने जनाइएको छ।

यस्तै, पाँचथरको याङवरक गाउँपालिका–२ दोभानस्थित मध्यपहाडी लोकमार्ग बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ भने रोल्पाको परिवर्तन गाउँपालिका–१ बागास्थित घोराही–थवाङ शहीद राजमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा बन्द रहेको छ।

भोजपुर नगरपालिका–५ बारीघुमस्थित मध्यपहाडी लोकमार्गमा बाढीका कारण एकतर्फी यातायात सञ्चालन भइरहेको छ। त्यस्तै, संखुवासभाको मकालु गाउँपालिका–३ नयाँ बस्तीस्थित कोशी राजमार्ग पनि पहिरोका कारण एकतर्फी रूपमा सञ्चालनमा रहेको छ।

उता, सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी हुँदै चल्ने बीपी राजमार्ग खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

प्रहरीले प्रभावित क्षेत्रमा यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन तथा वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।