अवैध ढुङ्गा उत्खननमा संलग्न दुई ट्र्याक्टर नियन्त्रणमा

सञ्जय मिश्रा/रौतहट, २१जेठ । रौतहटको पश्चिमी भेग फतुवा विजयपुर नगरपालिका क्षेत्रमा अवैध ढुङ्गा उत्खननमा संलग्न दुई ट्र्याक्टर नियन्त्रणमा लिएर कारबाही गरिएको छ।

 

बुधवार ढुङ्गा लोड अवस्थामा रहेका म।प्र। ०३००१ त ७२३७ र ना ३ प ६८०५ नम्बरका दुई ट्र्याक्टर स्थानीय प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

 

फतुवा बिजयपुर नगर कार्यालयमार्फत दुवै ट्र्याक्टरमाथि जनही  १०,हजारका दरले कुल रु। २०, हजार जरिवाना असुल गरी रसिद काटिएको बताइएको छ।

 

यसअघि गत १४ गते न्युज कारखानामा “टेण्डरबिनै लालबकैया दोहन स् प्रहरी–जनप्रतिनिधिको सेटिङमा दैनिक सयौं ट्र्याक्टर गिटी–बालुवा ढुवानी” शीर्षकमा समाचार प्रकाशित भएको थियो। समाचार एजेन्सी मार्फत उक्त समाचार बिभिन्न मिडियामा प्रकाशन भएपछि मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी गोबिन्द थपलियाको निर्देशन तथा रौतहट प्रहरी प्रमुख एसपी सिताराम रिजालको सक्रियतामा कारबाही अघि बढाइएको हो।

 

स्थानीयवासीका अनुसार फतुवा विजयपुर र गुजरा नगरक्षेत्र अन्तर्गत लालबकैया नदीमा लामो समयदेखि अवैध उत्खनन हुँदै आएको छ। टेण्डर नभए पनि दैनिक सयौं ट्र्याक्टरमार्फत नदीजन्य पदार्थको उत्खनन तथा ढुवानी भइरहेको आरोप स्थानीयले लगाएका छन्।

 

नगरपालिकाहरूले आर्थिक वर्ष २०८२र०८३ का लागि हालसम्म नदी उत्खननको टेण्डर प्रक्रिया अघि नबढाएको अवस्थामा पनि अवैध गतिविधि रोकिएको छैन।

 

स्थानीय स्रोतका अनुसार विभिन्न घाटहरूबाट बिहानदेखि बेलुकासम्म निर्बाध रूपमा ट्र्याक्टर सञ्चालन भइरहेका छन्। केही स्थानमा सुरक्षाकर्मीहरूसँग मिलेमतो भएको आरोप समेत स्थानीयले लगाएका छन्।

 

यसैबीच, अवैध उत्खननका कारण बागमती नदी क्षेत्रसमेत जोखिममा परेको भन्दै स्थानीयले तत्काल नियन्त्रणको माग गरेका छन्। अत्यधिक भार बोकेका टिपरका कारण पुल र सडक संरचना जोखिममा परेको उनीहरूको भनाइ छ।

त्यसैगरी, मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी गोबिन्द थपलिया र सशस्त्र प्रहरीका डीआईजी कृष्ण ढकालले अवैध उत्खनन तथा ढुवानी नियन्त्रणका लागि मातहत निकायलाई कडा निर्देशन दिएको जनाइएको छ।

स्थानीयले तत्काल प्रभावकारी अनुगमन र कडाइका साथ कारबाहीको माग गरेका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।