मोरङमा धारिलो हतियारसहित १० जना पक्राउ, आक्रमणको योजना बनाएको आशंका

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका–९ र १० को सिमानामा पर्ने डाँस खोलाबाट धारिलो हतियार तथा विभिन्न औजारसहित १० जना युवा–युवती पक्राउ परेका छन्।

बुधबार राति करिब ११ः३० बजे डाँस खोलाको झोलुंगे पुलनजिक खोला किनारमा शंकास्पद रूपमा बसेका उनीहरूलाई इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको गस्ती टोलीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा पथरीशनिश्चरे–१ की १८ वर्षीया आरिया धिमाल र कृपा लिम्बू, पथरीशनिश्चरे–४ का १८ वर्षीय एबिन राई, १९ वर्षीय सुप्रिम राई, १८ वर्षीय रिदम तामाङ, पथरीशनिश्चरे–९ का १८ वर्षीय निशान माझी र १८ वर्षीय सुशन ठटाल तथा पथरीशनिश्चरे–१० का १९ वर्षीय युजिन राई, १८ वर्षीय अपिल राई र २२ वर्षीय अभिषेक थापा रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट कट्टी, खुर्पा, मार्तल, सानो हाते बन्चरो, चेन तथा भालाजस्ता धारिलो हतियार र औजार बरामद गरेको जनाएको छ। पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय पथरीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।

मोरङ प्रहरीका अनुसार पक्राउ परेकाविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाउन जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरिएको छ। इलाका प्रहरी कार्यालय पथरीका डीएसपी वीरदत्त पन्तको नेतृत्वमा घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरू गाउँमा भएको सामान्य विवादपछि सम्बन्धित व्यक्तिमाथि आक्रमण गर्ने योजनासहित धारिलो घरेलु हतियार लिएर बसेको खुलेको छ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार समयमै प्रहरीको हस्तक्षेपका कारण सम्भावित ठूलो घटना टरेको हो। उनले प्रहरीको सक्रियताले कुनै अप्रिय घटना हुन नपाएको भन्दै अनुसन्धान जारी रहेको बताए।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।