वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न सडक अवरुद्ध,पाँचथरमा तीन सडक खण्ड ठप्प

काठमाडौँ, जेठ २२ — देशका विभिन्न क्षेत्रमा परेको लगातार वर्षासँगै आएको बाढी, पहिरो तथा सडक मर्मतसम्भारका कारण प्रमुख राजमार्ग र सडक खण्डहरूमा यातायात सेवा प्रभावित भएको छ। शुक्रबार बिहान ९ बजेसम्मको विवरण अनुसार बागमती र कोशी प्रदेशका विभिन्न सडक पूर्ण तथा आंशिक रूपमा अवरुद्ध रहेका छन्।

काठमाडौँको चन्द्रागिरि नगरपालिका–९ स्थित देउराली देवीस्थान क्षेत्रमा पहिरो खसेपछि सतुङ्गल–चित्लाङ सडक खण्ड जेठ १६ गतेदेखि बन्द रहेको छ। सडक मर्मत कार्य जारी रहेकाले उक्त मार्ग पूर्ण रूपमा सञ्चालनमा आउन अझै करिब एक महिना लाग्ने जनाइएको छ।

त्यसैगरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ र ४ अन्तर्गत पर्ने महालक्ष्मी क्षेत्र हुँदै जाने कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाडौँ सडक खण्ड पनि जेठ १५ गतेदेखि पूर्ण रूपमा बन्द छ। मर्मत कार्यका कारण यो सडक पनि एक महिनासम्म सञ्चालनमा नआउने भएको छ।

काभ्रेपलाञ्चोकस्थित बीपी राजमार्गमा भने सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै वैशाख २२ गतेदेखि नै खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी खण्डमा सवारी साधन सञ्चालन रोकिएको छ।

कोशी प्रदेशमा बाढी र पहिरोले सडक सञ्जालमा ठूलो क्षति पुर्‍याएको छ। पाँचथरको याङवरक गाउँपालिका–२ दोभानस्थित मध्यपहाडी लोकमार्ग जेठ ८ गतेदेखि अवरुद्ध छ। यस्तै, फलामे खोलास्थित पुष्पलाल मध्यपहाडी लोकमार्ग जेठ २० गतेदेखि बन्द रहेको छ। फिदिम नगरपालिका–४ माझीटार क्षेत्रमा आएको बाढीका कारण तमोर करिडोर सडक खण्ड पनि जेठ २१ गतेदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ।

यद्यपि केही प्रभावित सडकमा पहिरो पन्छाएर आंशिक रूपमा यातायात सञ्चालनमा ल्याइएको छ। भोजपुर नगरपालिका–५ बोखिममा वैशाख १२ गतेको बाढीपछि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको छ। यात्रुहरूको सुविधाका लागि वैकल्पिक मार्गको समेत व्यवस्था गरिएको छ।

यसैगरी संखुवासभाको मकालु गाउँपालिका–३ नयाँबस्ती क्षेत्रमा वैशाख २३ गते गएको पहिरोले प्रभावित बनाएको कोशी राजमार्गमा पनि अहिले एकतर्फी रूपमा मात्र सवारी साधन सञ्चालन भइरहेको छ।

प्रहरीले यात्रु तथा सवारी चालकलाई यात्रा अघि सडक अवस्थाबारे जानकारी लिन तथा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।