मोरङमा विपद् उद्धार सम्बन्धी संयुक्त सिमुलेसन अभ्यास सम्पन्न

विराटनगर, जेठ २१ । मोरङ जिल्लामा विपद्का बेला हुने उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन विपद् उद्धार सम्बन्धी संयुक्त सिमुलेसन (Simulation) अभ्यास सम्पन्न गरिएको छ।

बिहीबार आयोजित उक्त अभ्यासमा मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए भने विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विराटनगर महानगरपालिका, नेपाल रेडक्रस सोसाइटी लगायत विभिन्न सरोकारवाला निकायहरूको समन्वय तथा सहकार्यमा सञ्चालन गरिएको अभ्यासमा सम्भावित विपद्का घटनामा खोज, उद्धार, राहत तथा समन्वयात्मक कार्यप्रणालीबारे प्रदर्शन गरिएको थियो।

विपद्को समयमा सम्बन्धित निकायबीचको समन्वय, जनशक्ति परिचालन, उद्धार सामग्रीको प्रयोग तथा आपत्कालीन व्यवस्थापन क्षमताको परीक्षण र अभिवृद्धि गर्ने उद्देश्यले संयुक्त सिमुलेसन अभ्यास आयोजना गरिएको जनाइएको छ।

कार्यक्रममा सहभागी निकायहरूले यस्ता अभ्यासले विपद् व्यवस्थापनमा संलग्न निकायहरूको तयारी अवस्था सुदृढ बनाउने तथा वास्तविक घटनाका बेला प्रभावकारी रूपमा परिचालन हुन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।