झापा र उदयपुरबाट लागू औषध सहित ७ जना पक्राउ

विराटनगर । झापा र उदयपुर जिल्लाको विभिन्न स्थानहरूबाट लागू औषध सहित ७ जना पक्राउ परेका छन् ।

झापाको अस्थायी प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–७ मियाबारी स्थित शेर महमदको घरमा खानतलासी गर्ने क्रममा ४९० मिलिग्राम ब्राउन सुगर सहित शेर महमदलाई पक्राउ गरेको छ ।

यसैगरी लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले बिर्तामोड नगरपालिका–५ किरातचोक स्थितमा डेरा गरी बस्ने बुद्धशान्ति गाउँपालिका–२ का २४ वर्षीय मनिष ओडारी, बुद्धशान्ति–१ का ३८ वर्षीय नारायण पौडेल, बिर्तामोड नगरपालिका–४ का २४ वर्षीय रमेश लिम्बु र अर्जुनधारा नगरपालिका–९ का २० वर्षीय जेनिस बास्कोटालाई ५०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

त्यस्तै वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–५ मेचीपुल स्थित भारतबाट नेपाल तर्फ आउँदै गरेका मेचीनगर नगरपालिका–१० का ३२ वर्षीय सुरेन्द्र गुरुङलाई ३ ग्राम १२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

यसैगरी जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका–११ गाईचोक स्थितबाट सोही स्थानका २० वर्षीय कैलाश राईलाई १५ एम्पुल प्रतिबन्धित लागू औषध सहित पक्राउ गरेको छ ।

पक्राउ परेका व्यक्तिहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।