भन्सार छलीका समान सहित पिकअप भ्यान नियन्त्रणमा

सञ्जय मिश्रा/रौतहट, २३ जेठ। रौतहटमा प्रहरीले भन्सार छली गरी ल्याइएका विभिन्न सामानसहित सवारी साधन पिकअप गाडी नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाएको छ।

 

इलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरी टोलीले दुर्गाभगवती गाउँपालिका–३ स्थित झाँझ पुल नजिक चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रूपमा चोरी पैठारी गरी नेपालतर्फ ल्याइँदै गरेको करिब ९, हजार बराबरको माउन्टेन डीउ (२.२५ लिटर) ८१ थान बरामद गरेको हो।

 

त्यसैगरी, आजै सनिवार जिल्ला प्रहरी कार्यालय तथा मातहत इलाका प्रहरी कार्यालय कोप्वा पिपरियाबाट संयुक्त रूपमा खटिएको गस्ती टोलीले बौधिमाई नगरपालिका–५ बमनहर सडकखण्डमा चेकजाँच गर्ने क्रममा प्रदेश २-०३-००१ च २७२१ नम्बरको पिकअप गाडीमा अवैध रूपमा ल्याइँदै गरेको करिब ३, हजार किलो भारतीय गुड (मिठा) बरामद गरेको छ।

 

प्रहरी टोलीलाई देख्नासाथ चालकले सामान लोड गरिएको पिकअप गाडी छाडी फरार भएको जनाइएको छ।

बरामद सामानको अनुमानित मूल्य करिब १लाख,५०, हजार र गाडीको २०, लाख मूल्यांकन गरिएको प्रहरीले जनाएको छ।

बरामद सम्पूर्ण सामान तथा सवारीसाधन आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय, गौरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी बसन्त गौतमले जानकारी दिएका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।