झापामा बोलेरोको ठक्करबाट ११ वर्षीया बालिका घाइते
झापा । झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित बर्ने भाइरल सिरिष अगाडि मेची राजमार्गमा बोलेरो गाडीको ठक्करबाट एक बालिका घाइते भएकी छन्।
आइतबार बिहान करिब ८:३० बजे बर्नेबाट बुधबारेतर्फ आउँदै गरेको बा १४ च ७६९३ नम्बरको बोलेरोले पैदलयात्री ११ वर्षीया आरोशी बस्नेतलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। घाइते बालिका भद्रपुर नगरपालिका–१० निवासी हुन्।
दुर्घटनामा आरोशीको दुवै खुट्टा र टाउकोमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा बी एण्ड सी अस्पताल मा उपचार भइरहेको छ।
प्रहरीका अनुसार दुर्घटनामा संलग्न बोलेरो चालक ५४ वर्षीय भोजराज अधिकारी रहेका छन्, जो सूर्योदय नगरपालिका–११ निवासी हुन्।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुधबारे ले जनाएको छ।


