इटहरीमा यातायात व्यवसायी तथा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुनसरी । कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा इटहरीमा यातायात व्यवसायी तथा सरोकारवालाहरूसँग सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

जेठ २४ गते इटहरीस्थित गंगा–जमुना पार्टी प्यालेसमा आयोजित कार्यक्रममा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुली को प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा मन्त्रालयका सचिव कृष्णप्रसाद सापकोटा, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक दिपक गिरी लगायतको सहभागिता रहेको थियो।

त्यसैगरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेशका संयोजक, विभिन्न सरोकारवाला निकायका प्रतिनिधि, यातायात व्यवसायी संघ–संगठनका प्रमुख तथा प्रतिनिधि, यातायात मजदुर संघ–संगठनका प्रतिनिधि तथा ड्राइभिङ स्कुल संघका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा यातायात क्षेत्रका विद्यमान समस्या, सुधारका सम्भावना, सडक सुरक्षा, ट्राफिक व्यवस्थापन तथा सेवामुखी यातायात प्रणाली निर्माणका विषयमा सुझाव संकलन तथा छलफल गरिएको आयोजकले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।