झापा, सुनसरी र उदयपुरबाट लागू औषध सहित ८ जना पक्राउ

विराटनगर, जेठ २५ गते । झापा, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानहरूबाट लागू औषध सहित ८ जना पक्राउ परेका छन् ।

झापाको प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले झापा गाउँपालिका–४ सुकुम्बासी बस्ती स्थितबाट गौरीगञ्ज गाउँपालिका–१ का २० वर्षीय जीवन राजवंशीलाई १ ग्राम ५७ मिलिग्राम ब्राउन सुगर सहित, ताप्लेजुङ्गको सिरिजङ्घा गाउँपालिका–२ आम्बेगुदिनका २५ वर्षीय विजय लिम्बु र पाँचथरको फिदिम नगरपालिका–२ की २३ वर्षीया एलिना तामाङलाई प्रतिबन्धित औषधि NITZASCEN-10 नामक ७ पिस चक्की सहित र इलाका प्रहरी कार्यालय अनारमनीबाट बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–६ स्थित राजु राजवंशीलाई उनकै घरबाट ३ ग्राम ब्राउन सुगर फेला पारी राजु राजवंशी र संलग्न ३० वर्षीय अभिनास चौधरीलाई पक्राउ गरेको छ ।

सुनसरीको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बराहक्षेत्र नगरपालिका–७ स्थित २५ वर्षीय रवि श्रेष्ठलाई उनकै घरबाट ५ ग्राम १७० मिलिग्राम ब्राउन सुगर, N10 लेखिएको १६३ पिस प्रतिबन्धित चक्की, नगद ४५ हजार ९ सय रुपैया तथा एक थान डिजिटल तराजु सहित पक्राउ गरेको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट गस्तिमा खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका–११ का २५ वर्षीय अभिषेक कार्की ढोली र त्रियुगा नगरपालिका–३ लच्काका ३० वर्षीय फिलेमान शाहको साथबाट १ ग्राम ४० मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका सबैजनाको थप अनुसन्धान भइरहेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।