गर्मीले विद्यालय बन्द, विद्यार्थीको घर घरमै पुग्छन् शिक्षक

काठमाडौं। नेपाल पुलिस स्कुल शान्तिपुर चितवनमा यतिबेला गर्मी विदाको छुट्टी छ। विद्यार्थी आ-आफ्नो घरमा बसेर स्कुलले दिएको गर्मी विदाको गृहकार्य गर्दैछन, अध्ययन गर्दै छन्। स्कुलका शिक्षक भने विदामा बसेका विद्यार्थीको घर घरमा पुगेरै विद्यार्थीको दैनिक गतिविधी, गृहकार्य, आचरण व्यवहार, अध्ययनको  वातावतरण लगाएतका विषयमा जानकारी लिइरहेका छन्। 

अत्याधिक गर्मी बढेसँगै दैनिक पठनपाठन सञ्चालन गर्न कठिनाई भएर विद्यालयले गर्मी बिदा दिएको छ। शनिबार र आइतबारको छुट्टी समेत गरी गर्मी विदामा विद्यार्थी ९ दिन घरमानै बस्नुपर्ने भएकाले शिक्षकहरूलाई विद्यार्थीहरूको घरघरमै पठाएर अध्ययन एवं गृहकार्यमा सहजीकरण गर्ने गरी स्कुले शिक्षक-शिक्षीकालाई परिचालन गरेको हो। 

कक्षा एकदेखि दशसम्म अध्ययन गर्ने विद्यार्थीलाई विदाको समयमा समेत अध्ययन गतिविधिमा सलग्न गराई राख्न स्कुलले विद्यार्थीलाई विभिन्न गृहकार्य, कार्यपत्र तयार गर्ने, व्यवहारीक अभ्यास गर्ने जस्ता गतिविधिमा सक्रिय रहन विदाको होमवर्क दिएको छ। स्कुलले दिएको गतिविधीमा विद्यार्थीलाई सक्रिय बनाई राख्न एवं सहजीकरण गर्न शिक्षक पनि विद्यार्थीको घर घरमा पुगिरहेक छन्। 

विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई उसको अध्ययनको अवस्था, विद्यार्थीका अभिभावकले विद्यालयसँग गर्ने गरेको गुनासो, विद्यार्थीको पढाई प्रतिको अभिरुची लगाएतका विषयलाई आधार मानेर विद्यार्थीहरुको समूह विभाजन सहित शिक्षक कर्मचारीलाई होम भिजिटमा परिचालन गरीएको विद्यालयका समादेशक प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिए। 

शिक्षकले घरमै पुगेर विद्यार्थीको अनुशासन, उसको पठनपाठनको अवस्था, शिक्षण शिकाईलाई सुधार गर्न अभिभावकको भुमिका, घरमा विद्यार्थीको अध्ययन वातावरणको अवस्था आदिका बारेमा जानकारी लिनुका साथै विदामा विद्यालयले दिएको गृह कार्यसंग सम्बन्धीत विषयमा समेत अभिभावक एवं विद्यार्थीलाई  सहजीकरण गर्ने गरी शिक्षकलाई विद्यार्थीको घर घरमै परिचालन गरीएको हो।

विद्यालय समयमा समेत मोबाइल, ल्यापटपका साथै सामाजिक संजालमा सक्रिय रहने विद्यार्थी विदाको समयमा अझै बढि उल्लेखित साधनमा व्यवस्त रहने भएकाले घरमै बस्दा पनि अध्ययनलाई निरन्तरता दिने गतिविधीमा सलग्न गराउने उद्देश्यले सहित शिक्षकलाई विद्यार्थीको घरमानै पुगेर निग्रानी गर्ने व्यवस्था मिलाईएको समादेशक थापाले जानकारी दिए।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।