उर्लाबारीमा फेला परेकी बालिका मानव सेवा आश्रम दमकमा राखियो

उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका–७ स्थित पूर्व बस स्टेण्ड क्षेत्रमा फेला परेकी एक बालिकालाई संरक्षणका लागि मानव सेवा आश्रम, दमकमा राखिएको छ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार आइतबार बेलुकी अन्दाजी १६/१७ वर्षीया बालिका फेला परेकी हुन्। उनले आफ्नो नाम रिया गुरुङ तथा घर धरान भएको बताएकी छन्।

प्रहरीका अनुसार बालिका कुनै नशालु पदार्थ सेवन गरेको जस्तो देखिने र स्पष्ट रूपमा बोल्न नसक्ने अवस्थामा थिइन्। स्थानीयवासीको सूचनापछि प्रहरी टोलीले उनको उद्धार गरेको थियो।

उद्धारपछि आवश्यक संरक्षण, हेरचाह तथा सुरक्षाका लागि बालिकालाई मानव सेवा आश्रम, दमकमा राखिएको प्रहरीले जनाएको छ। हाल उनको परिवार तथा आफन्तको खोजी कार्य जारी रहेको छ।

उक्त बालिकालाई चिन्ने वा उनका परिवारजनबारे जानकारी हुने व्यक्तिहरूलाई सम्बन्धित परिवारसम्म सूचना पुर्‍याइ सहयोग गर्न तथा थप जानकारीका लागि इलाका प्रहरी कार्यालय उर्लाबारीको फोन नम्बर ९८५२०९०१३६ मा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।

प्रहरीले बालिकाको पहिचान खुलाउने र परिवारसँग पुनर्मिलन गराउने प्रयास भइरहेको जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖