विराटनगरमा अवैध कपडा र टेम्पो सहित चालक पक्राउ
विराटनगर । मोरङ प्रहरीले भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याइँदै गरेको अवैध कपडा तथा टेम्पोसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार जेठ २६ गते राति करिब ११ः२० बजे विराटनगर महानगरपालिका–१५ बैंक रोड क्षेत्रमा भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएको सामानसहित टेम्पो पक्राउ गरिएको हो।
प्रहरीले प्र–२–०२–००१ ह २०८३ नम्बरको टेम्पोमा लोड गरी ल्याइँदै गरेको कुर्ती–सुरुवाल सिलाउन प्रयोग हुने १,३३५ मिटर धोती (थान) कपडा बरामद गरेको जनाएको छ। बरामद कपडाको अनुमानित मूल्य २ लाख ५० हजार २ सय रुपैयाँ रहेको छ भने टेम्पोको मूल्य करिब ३ लाख रुपैयाँ आँकलन गरिएको छ।
उक्त टेम्पो चालक विराटनगर महानगरपालिका–१२ का ३२ वर्षीय रविन मण्डललाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय रानी, विराटनगर पठाइएको प्रहरीले जनाएको छ।
बरामद कपडा र टेम्पोसहितको कुल मूल्य करिब ५ लाख ५० हजार २ सय रुपैयाँ बराबर रहेको प्रहरीको भनाइ छ।


