विराटनगरबाट लागू पदार्थ सेवन गरि सवारी चलाउने १४ जना नियन्त्रणमा

मोरङ, जेठ २६ गते । मोरङको विराटनगर महानगरपालिका-१६ स्थित सिमा क्षेत्रमा चेकजाँचको क्रममा लागु पदार्थ सेवन गरी सवारी चलाउने १३ जना र पैदल यात्री १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङको “लागू औषध दुर्व्यसन विरुद्धको महाअभियान (Mega Campaign Against Narcotics- Mega CAN)” अन्तरगत जेठ २५ गते लागू पदार्थ सेवन तथा प्रयोग समेतलाई नियन्त्रण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय मोरङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले विराटनगर-१६ स्थित सिमा क्षेत्रमा आवत जावत गर्ने सवारी साधन तथा संकित व्यक्तिहरुलाई लक्षित गरी गरेको ला.प.से. चेकजाँचको क्रममा १२ जना सिटी सफारीका चालक, १ जना अटोटेम्पो चालक र १ जना पैदल यात्रीले ला.प.से. गरेको फेला पारेको थियो ।

लागू पदार्थ सेवन गर्ने १४ जनालाई इलाका प्रहरी कार्यालय रानीबाट आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖