सङ्खुवासभाको खाँदबारीमा ट्याक्टर दुर्घटना
सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्ज्याङबाट चन्दपुरतर्फ जाँदै गरेको ट्याक्टर लोके पाङ्मा क्षेत्रमा दुर्घटना हुँदा एक जना घाइते भएका छन्।
दुर्घटनामा चिचिला गाउँपालिका–२ निवासी सौरभ राई घाइते भएका हुन्। घाइते राईको उद्धार सशस्त्र प्रहरी बल मानेभञ्ज्याङको टोलीले गरेको जनाएको छ।
उनीलाई प्रारम्भिक उद्धारपछि थप उपचारका लागि स्वास्थ्य संस्थातर्फ पठाइएको छ।
दुर्घटनाको कारणबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको बताइएको छ।


