संखुवासभामा ३ दिने हस्पिटालिटी तालिम सम्पन्न
खाँदबारी, संखुवासभा – स्थानीय होटल तथा पर्यटन व्यवसायको सेवा गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीन दिने हस्पिटालिटी (अतिथि सत्कार) तालिम सम्पन्न भएको छ।
खाँदबारी नगरपालिका–१ को प्रायोजन तथा संखुवासभा होटल व्यवसायी संघ को आयोजनामा सञ्चालित तालिममा जिल्लाका ३० भन्दा बढी होटल व्यवसायीहरूको सहभागिता रहेको थियो।
तालिम समापन कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष निरञ्जन श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष डा. प्रसाद पराजुली ले गर्नुभएको थियो।
तालिममा प्रशिक्षक त्रिलोचन राई ले अतिथि सत्कार, ग्राहक सेवा, सेवा प्रवाहको गुणस्तर तथा व्यवसायिक व्यवहार सम्बन्धी विषयमा प्रशिक्षण दिनुभएको थियो। सहभागीहरूले तालिमलाई व्यवसाय सञ्चालनमा उपयोगी र प्रभावकारी भएको बताएका छन्।
समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा वडा सदस्यहरू सृजना संखर, सारदा पराजुली तथा वडा सचिव गणेश श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
संघका अध्यक्ष डा. प्रसाद पराजुलीले तालिमले स्थानीय होटल व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र सेवामुखी बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले पर्यटन प्रवर्द्धनसँगै गुणस्तरीय सेवा प्रवाहका लागि यस्ता तालिमलाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो।


