बौद्धमा खुल्यो नेपालीपन झल्किने ‘बौद्ध बुटिक इन’

काठमाडौं। विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध क्षेत्रको नजिकै  नेपालीपन र आधुनिक सुविधाको एउटा गन्तव्य थपिएको छ। बौद्ध बुटिक इन नाममा खोलिएको पर्यटकीय गन्तव्यले रैथाने कला, संस्कृति र आत्मिय सत्कारलाई एउटै छानामुनि समेट्ने उद्देश्य राखेको छ।

युवा उद्यमी विवुध लुइँटेलको परिकल्पना र नेतृत्वमा तयार भएको होटलले नेपालको परम्परागत वास्तुकलालाई महत्व दिएको छ। विदेशी तथा स्वदेशी पर्यटकहरूलाई नेपाली मौलिक पहिचान दिने उद्देश्यले युवा उद्यमी लुइँटेलले नेपालको माटो र संस्कृतिको झल्को आउने गरी बौद्ध बुटिक इनको निर्माण गरेका हुन्।

बौद्ध बुटिक इनको विशेषता यसको निर्माण र साजसज्जामा प्रयोग भएका सामग्री हुन्। बौद्ध बुटिक इनको प्रवेशद्वारमा आगन्तुकहरूले नेपालको प्राचीन इतिहास र जीवन्त संस्कृतिको अनुभव गर्न पाउँछन्। प्रवेशद्वारमै प्रस्तरका कलात्मक मूर्ति सजिएका छन्। यी मूर्तिहरू ललितपुरको ऐतिहासिक कला नगरी बुङ्मतीका सिद्धहस्त स्थानीय कलाकारहरूले कुँदेका हुन्। होटलका भित्तामा नेपाली काष्ठकलाका गौरव टुँडालहरू कलात्मक रूपमा सजिएका छन्। होटलभित्र छिर्नासाथ पुरानो मल्लकालीन दरबार वा सांस्कृतिक सम्पदाभित्र प्रवेश गरेको भान हुन्छ।

हस्तनिर्मित फर्निचर, तेलिया इँटा र मेलम्चीका ढुंगाले नेपालीपन झल्काएको छ। लुइँटेलका अनुसार, होटलमा सम्भव भएसम्म र भेटिएसम्मका सबै सामानहरू नेपाली नै प्रयोग गरिएका छन्। होटलका कोठा तथा बैठकमा राखिएका फर्निचरहरू कालिगढहरूले हातैले बनाएका हुन्। कोठाका टेबलहरूमा समेत नेपाली हस्तकलाको पहिचान बोकेको ‘आँखीझ्याल’ को बुट्टा कुँदिएको छ। भित्ताहरूमा परम्परागत सुर्की र चुना लगाइएको छ भने भुइँमा तेलिया इँटा छन्, यसले पुरानो शैलीको नेपाली घरको आनन्द र शीतलता प्रदान गर्छ।

भर्‍याङमा सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रबाट ल्याइएका ढुंगा बिच्छ्याइएका छन्। ‘पर्यटकलाई नेपाली कला, माटो र प्रविधिको स्वाद पस्कन खोजेका हौं। त्यसैले भेटिएसम्मका हरेक चिज स्वदेशी नै प्रयोग गरेका छौं,’ लुइँटेल भन्छन्।

होटलमा २५ वटा आकर्षक कोठा छन्, जसमा ४ वटा विशेष स्टुडियो अपार्टमेन्ट छन्। स्टुडियो अपार्टमेन्ट विशेष गरी लामो समय काठमाडौंमा बस्न चाहने पाहुना लक्षित गरी निर्माण गरिएको हो। यीनमा बैठक कोठा, बेडरुम, अत्याधुनिक भान्छा छ।

‘बौद्ध क्षेत्र विश्वभरका बौद्ध धर्मालम्बी र अनुसन्धानकर्ताहरूको प्रमुख केन्द्र हो। यहाँ बौद्ध दर्शन र धर्मको अध्ययन र ध्यानका लागि हरेक वर्ष सयौं विदेशी विद्यार्थी र भिक्षु आउँछन्। विदेशी विद्यार्थी वा पर्यटकहरूले कोठा भाडामा लिएर बस्दा सुरक्षा, सरसफाइ, पानी जस्ता दैनिक व्यवस्थापनमा कठीनाई भोग्नुपर्छ। त्यस्ता पाहुनाले स्टुडियो अपार्टमेन्टमा बस्दा होटलको सुविधा त पाउँछन् नै, साथमा आफ्नो कोठाको भान्छामा चिया र नास्ता आफैं पकाएर खान पाउँछन्।’

नेपाल आउने अधिकांश विदेशी भारत, चीन, थाइल्याण्ड, म्यानमार, श्रीलंका र भियतनामबाट पर्यटक वा तीर्थयात्रीका रुपमा आउँछन्। तीनको मुख्य गन्तव्य पशुपतिनाथ, स्वयम्भू, बौद्धनाथ र दरबार क्षेत्र हुने गर्छ। हिन्दु र बौद्ध दुवै धर्मको आस्थाको केन्द्र नजिकै रहेकाले बौद्ध बुटिक इनले यी क्षेत्रमा आउने तीर्थयात्रीलाई उत्कृष्ट आतिथ्य दिने लक्ष्य राखेको छ।

होटल ऐतिहासिक बौद्ध स्तुपाको नजिकै छ। होटलका माथिल्ला तला र छतबाट बौद्ध स्तुपा प्रष्टसँग देखिन्छन्। बिहान र बेलुकाको समयमा कोठाबाटै वा छतमा बसेर कफीको चुस्की लिँदै बौद्धको शान्त र आध्यात्मिक वातावरणको आनन्द लिन पाउनु यहाँको बसाइको अविस्मरणीय अनुभव हुनेछ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖